Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

बजार अनुगमनका लागि जनशक्ति पर्याप्त भएन : वाणिज्य विभाग


१९ ,श्रावण ,काठमाडौँ । बजार अनुगमनका लागि कर्मचारी अभाव भएको गुनासो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छ ।

विभागमा आज आयोजित भेटघाटका क्रमका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको दैनिक कार्य सञ्चालनकै लागि कर्मचारी अभाव रहेको र बजार अनुगमनको कामसमेत प्रभावकारी हुन नसकेको बताए ।

“विभागका कार्यलयभित्रकै काम गर्नका लागि पर्याप्त कर्मचारी छैनन् । सूचना प्रविधि (आइटी) शाखामा अहिले कर्मचारी नै छैनन् । बजार अनुगमनमा खटिने कर्मचारीको पनि अभाव छ”, उनले भने, “अब चाँडबाड नजिकिँदै गर्दा बजार अनुगमन बढाउनुपर्ने भएकाले हामीले कम्तीमा एक जना उपसचिव र १० जना शाखा अधिकृतसहितको टोली माग गरेका छौँ ।”

त्यस्तै अहिले स्थानीय तहलाई नै बजार अनुमगनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुनु जरुरी रहेको उनको भनाइ छ । विभागले आजै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सबै स्थानीय तहलाई बजार अनुगमनका काममा गम्भीर हुन भनेको छ ।

पछिल्लो समय चामलमा भइरहेको मूल्यवृद्धिबारे स्थानीय तहले अनुगमन बढाउन आवश्यक रहेको विभागको भनाइ छ । “हाल भारतबाट चामल निर्यातमा प्रतिबन्ध लगाइएको भन्ने बहानामा विभिन्न स्थानमा चामल आदि खाद्यान्न वस्तुको मूल्यवृद्धि भएको भनि समाचार एवं गुनासो प्राप्त भइरहेको साथै निकट भविष्यमा चाडबाड नजिकिइरहेका बेला स्थानीय तहबाट पनि बजार अनुगमन गर्ने संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार नियमित बजार अनुगमनका लागि सम्पूर्ण स्थानीय तहलाई लेखिपठाइ दिनहुन सादर अनुरोध छ ।” विभागले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?