Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ : नेता डा कोइराला


१८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताए । “देशमा अराजकता र दण्डहीनता बढिरहेको छ”, उनले भने ।

नेता डा कोइरालाले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले आम जनमानसमा आशङ्का उब्जिएको बताए । उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्ने उल्लेख गरे ।

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको नेता कोइरालाको भनाइ थियो । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चलायमान बनाउँदै श्रमजीवी पत्रकारको मुद्दा समाधानमा वर्तमान केन्द्रीय समिति लागिपरेको बताए । उनले प्रेस युनियनले २०८० साललाई प्रशिक्षण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महासचिव अजयकुमार राईले श्रमजीवी पत्रकारका मुद्दामा लड्न नेपाल ट्रेड युनियन कांग्रेस प्रेस युनियनसँगै रहेको बताए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोेकेको तलबसमेत पत्रकारले नपाएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारणका लागि नेपाल ट्रेड युनियन कांग्रेस लाग्ने स्पष्ट पारे ।

नेपाल प्रेस युनियनका उपाध्यक्षद्धय नकुल अर्याल र जीवन भण्डारी, महासचिव दिलीप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दबाडी, उपत्यका प्रतिष्ठान प्रदेशका अध्यक्ष लीलाराज खनाललगायतले अर्को वर्ष हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनका उम्मेदवारलाई विजयी गर्ने गरी युनियनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन काठमाडौँका निवर्तमान कार्यवाहक अध्यक्ष अच्युत रेग्मीले पछिल्लो समय सञ्चारमाध्याम बढ्दै गएको र सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पारिश्रमिक नदिएको गुनासो बढेकाले प्रेस युनियनले उक्त समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए ।

सोही अवसरमा गत असार १० र ११ गते काठमाडौँमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश्वर गौतमलगायतको निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?