Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन


१८ ,श्रावण ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ ।

मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शङ्करापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसहितको टोलीले आज स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा अनुगमन गरेको थियो । सोही अवसरमा मन्त्री बस्नेतले त्यहाँस्थित पोस्ट अपरेटिभ वार्ड, शल्यचिकित्सा वार्ड, रक्तसञ्चार युनिट, मेडिकल वार्ड, नाक, कान, घाँटी वार्ड, मनोचिकित्सा वार्ड र प्रशासन विभागलगायत सबै ठाउँमा अनुगमन गरेका थिए ।

सो अवसरमा मन्त्री बस्नेतले न्यूनतम मापदण्डअनुसार अस्पताल भए/नभएको, बिरामीलाई उपचारका क्रममा छुटको व्यवस्था भए/नभएकोलगायतका विषयमा व्यवस्थापनसँग जानकारी लिएका थिए ।

उनले अनुगमनका क्रममा सबै हिसाबले उत्कृष्ट देखिएको अस्पताललाई सरकारले सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । उनले भने, “अहिले हामीले धेरै कुराभन्दा पनि अस्पताल मापदण्डअनुसार छन् कि छैनन्, विपन्नका निम्ति उपचारमा छुट भए÷नभएकोबारे बुझन खोजिएको हो ।”

मन्त्रायले यसअघि एक सय एक फार्मेसीमा अनुगमन गर्दा एक सय वटा फार्मेसी मापदण्डविपरीत भएको भेट्टाएको थियो ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?