Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडाैँमा गुण्डागर्दी गर्ने पाँच जना पक्राउ


१८ श्रावण, काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई काठमाडौँ, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाले काठमाडाँै उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?