Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन


१७ ,श्रावण ,काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उनले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले प्रवलीकरणमार्फत ऐतिहासिक सिंहदरबारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताए । उनले भने, “प्रवलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताको तस्तै पुनःनिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई सामना गरेर भए पनि सिंहदरबार अब पुरानै अवस्थामा ठडिएको छ ।”

उनले बाँकी कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिँदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताए । मन्त्री गुरुङले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताए ।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउँदा आमनागरिकलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?