Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन


१७ ,श्रावण ,काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उनले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले प्रवलीकरणमार्फत ऐतिहासिक सिंहदरबारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताए । उनले भने, “प्रवलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताको तस्तै पुनःनिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई सामना गरेर भए पनि सिंहदरबार अब पुरानै अवस्थामा ठडिएको छ ।”

उनले बाँकी कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न निर्देशन दिँदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताए । मन्त्री गुरुङले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रवलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताए ।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउँदा आमनागरिकलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?