Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

म माथि देशै भरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ : रवि लामिछाने


१७ श्रावण, चितवन । निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

सांसद्मा निर्वाचित भएको सयाैँ दिनको अवसरमा बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन –२ का मतदाताहरूसँग भेटघाट गर्दै सांसद लामिछानेले आफूमाथि देशैभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आएको पनि बताएका छन् ।

उनले सो क्रममा भनेका छन्, ‘म माथि देशै भरिको बारेमा सोच्नुपर्ने जिम्मेवारी आएको छ, आफूले निर्वाचनमा बोलेका कुराहरूलाई अगाडि सार्ने र त्यसको लागि धेरै काम गर्न बाँकी रहेको छ । सुरुवाती केही दिनहरूमा आवश्यकता परेका केही व्यक्तिहरूको फोन उठाउन गाह्रो हुने अवस्था हुन सक्छ । सुरुवातका केही समयहरू व्यवस्थित गर्न केही न केही तल माथि हुन्छ होला त्यसलाई अन्यथा नलिनुहोला ।’


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?