Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल


१६ ,श्रावण ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो मसस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौँ, देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौँ, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन ।”

राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।

उनले पटकपटकको सङ्घर्ष र बलिदानबाट देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशपे्रमी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानले धेरैको मुद्दा सम्बोधन गरेको छ, धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको छ, संविधान लेखनमा कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या देखिएको छ, त्यसो हुनुहुँदैन ।”


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?