Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल


१६ ,श्रावण ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो मसस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौँ, देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौँ, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन ।”

राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।

उनले पटकपटकको सङ्घर्ष र बलिदानबाट देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशपे्रमी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानले धेरैको मुद्दा सम्बोधन गरेको छ, धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको छ, संविधान लेखनमा कुनै कुरामा कमी नभए पनि कार्यान्वयनमा समस्या देखिएको छ, त्यसो हुनुहुँदैन ।”


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?