Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

स्वदेशी उत्पादन सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्छ : सञ्चारमन्त्री शर्मा


१५ ,श्रावण ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली संस्कृति र स्वदेशी उत्पादनलाई संरक्षण एवं सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्ने बताएकि छिन् ।

असार १५ खीर खाने दिनका अवसरमा मौलिक भान्साघरद्वारा आज आयोजित खीर महोत्सवमा उनले नेपाली संस्कृति, स्वदेशी उत्पादन, रैथाने बाली र त्यसबाट बन्ने मौलिक खानाको प्रवर्द्धनका लागि सृजनात्मक काम गर्ने व्यक्तिलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “पश्चिमा संस्कृति र खानपानले स्वस्थ्यमा मात्र हैन संस्कार संस्कृतिमाथि पनि धावा बोलिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले भनिन्, “पढ्दै कमाउँदै देखि ‘एक पालिका, एक उत्पादन क्षेत्र’जस्ता विभिन्न कार्यक्रम अघि बढिरहेको छ । यस्ता कार्यक्रमलाई सहयोग पुग्ने कामलाई सरकारले सहजीकरण र सहकार्य गर्न तयार छ ।”

उनले मौलिक भान्छाघरले देशभरका रैथाने बालीको बजारीकरणसँगै मौलिक खानाको व्यवसायीकरणको अवधारणालाई सातै प्रदेशमा विस्तार गर्न समेत शुभकामना समेत दिईन् । उनले भने, “नेपाल सरकारले आँटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ । यो अवधारणा सबै स्थानीय तहमा विस्तार गर्दै लग्नुहोस् ।”

मौलिक भान्छाघरले खीरमहोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै चिनो, कागुनो, गहुँ, फापर र कोदो लगायत रैथाने बालीको सात प्रकारका खीर प्रस्तुत गरेको थियो । मन्त्री शर्माले सात सय ५३ स्थानीय तहमा जोडिन आग्रह गर्दै सिर्जनात्मक कामलाई निरन्तर अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाली संस्कृति र रैथाने उत्पादनको बजारीकरणको अवधारणाबारे प्रशंसा गर्दै उनले भनिन्, “नेपाल सरकारले आटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ ।”


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?