Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

स्वदेशी उत्पादन सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्छ : सञ्चारमन्त्री शर्मा


१५ ,श्रावण ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली संस्कृति र स्वदेशी उत्पादनलाई संरक्षण एवं सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्ने बताएकि छिन् ।

असार १५ खीर खाने दिनका अवसरमा मौलिक भान्साघरद्वारा आज आयोजित खीर महोत्सवमा उनले नेपाली संस्कृति, स्वदेशी उत्पादन, रैथाने बाली र त्यसबाट बन्ने मौलिक खानाको प्रवर्द्धनका लागि सृजनात्मक काम गर्ने व्यक्तिलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “पश्चिमा संस्कृति र खानपानले स्वस्थ्यमा मात्र हैन संस्कार संस्कृतिमाथि पनि धावा बोलिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले भनिन्, “पढ्दै कमाउँदै देखि ‘एक पालिका, एक उत्पादन क्षेत्र’जस्ता विभिन्न कार्यक्रम अघि बढिरहेको छ । यस्ता कार्यक्रमलाई सहयोग पुग्ने कामलाई सरकारले सहजीकरण र सहकार्य गर्न तयार छ ।”

उनले मौलिक भान्छाघरले देशभरका रैथाने बालीको बजारीकरणसँगै मौलिक खानाको व्यवसायीकरणको अवधारणालाई सातै प्रदेशमा विस्तार गर्न समेत शुभकामना समेत दिईन् । उनले भने, “नेपाल सरकारले आँटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ । यो अवधारणा सबै स्थानीय तहमा विस्तार गर्दै लग्नुहोस् ।”

मौलिक भान्छाघरले खीरमहोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै चिनो, कागुनो, गहुँ, फापर र कोदो लगायत रैथाने बालीको सात प्रकारका खीर प्रस्तुत गरेको थियो । मन्त्री शर्माले सात सय ५३ स्थानीय तहमा जोडिन आग्रह गर्दै सिर्जनात्मक कामलाई निरन्तर अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाली संस्कृति र रैथाने उत्पादनको बजारीकरणको अवधारणाबारे प्रशंसा गर्दै उनले भनिन्, “नेपाल सरकारले आटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ ।”


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?