Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पर्यटक आकर्षित गर्न भ्यूटावर


विर्तामोडको मुक्तिचोकबाट दुई किलोमिटर दक्षिणमा पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ निजी लगानीमा नौतले भ्यूटावर निर्माण गरिएको छ । शिक्षासेवी जयनारायण ढुङ्गानाले बिर्तामोड–२ मा आठ बिघा निजी जग्ग्गामा निर्माण गर्नुभएको श्रीजय ड्रिमल्याण्ड उद्यानमा रु एक करोडको लगानीमा भ्यूटावर बनाउनुभएको हो । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको यो भ्यूटावर र उद्यानले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको स्थानीय विजय बराल बताउनुहुन्छ ।

चार दशकअघि जिल्लाकै पहिलो कनकाई अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय स्थापना गर्नुभएका शिक्षासेवी ढुङ्गाना पछिल्लो समय पर्यटकीय उद्यान निर्माणमा जुट्नुभएको छ । सो उद्यानमा लिची, आँप, अम्बालगायत फलफूलका बोट हुर्किएका छन् । घुमफिरका लागि आउने पर्यटकले बगैँचामा ताजा फलफूल किनेर खान पाउनुका साथै दृश्यावलोकन गर्न सक्नेछन् । ढुङ्गानाले विगत छ वर्षेदेखि उद्यान निर्माण थाल्नुभएको हो । “पैसा कमाउने उद्देश्यले होइन, समाजलाई शिक्षा दिने र पर्यावरणलाई स्वच्छ बनाउने सोचले उद्यान बनाएको हुँ”, उहाँले भन्नुभयो । उहाँले उद्यानभित्र निर्माण गर्नुभएको नौतले भ्यूटार एक सय नौ फिट अग्लो छ । यहाँबाट झापाका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।

टावरको आठ तलासम्म सपिङ कम्प्लेक्स सञ्चालनको तयारी छ । उद्यानमा आन्तरिक पर्यटक आउन थालिसकेका छन् । उद्यानमै सेमिनार र वनभोज कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । रु तीन करोडको लागतमा उद्यान निर्माण गरिएको हो । उद्यानमा स्विमिङ पुल, रिसोर्ट, फुटसल खेल्ने व्यवस्था गर्न लागिएको छ । “उद्यानमा प्रत्येक वर्ष ‘लिची महोत्सव’ गरिँदै आएको छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?