Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु


१४ ,श्रावण ,काठमाडौँ । बागमती प्रदेश सरकारले दुईजना कर्मचारीलाई ११औँ तह (प्रदेश सचीव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ ।

प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औँ तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ । यो निर्णयसँगै प्रदेश सरकारमा चारजना सचिव नियुक्त भएका छन् । बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?