Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

आज माओवादी पदाधिकारी बैठक बस्दै


१४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले साउन १ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए ।

उनले भने, “केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा हो । एजेण्डा तय गर्ने लगायत यसैको सम्बन्धमा छलफल हुन्छ ।”

उनले पदाधिकारी बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन तयार गर्न सबैको सुझाव लिने बताए ।

उनले भने, “हिजोको बैठक टुङ्गोमा पुगेको छैन । अध्यक्षले बुँदागत रूपमा सुझाव दिनुस् भन्नुभएकाे छ । प्राप्त भएका सुझाव एकीकृत गरेर प्रतिवेदन तयार गर्ने हो ।”

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्दै छ ।

माओवादी पदाधिकारी बैठक हिजो शनिबार पनि बालुवाटारमा बसेको थियो ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?