Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज माओवादी पदाधिकारी बैठक बस्दै


१४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले साउन १ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए ।

उनले भने, “केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा हो । एजेण्डा तय गर्ने लगायत यसैको सम्बन्धमा छलफल हुन्छ ।”

उनले पदाधिकारी बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन तयार गर्न सबैको सुझाव लिने बताए ।

उनले भने, “हिजोको बैठक टुङ्गोमा पुगेको छैन । अध्यक्षले बुँदागत रूपमा सुझाव दिनुस् भन्नुभएकाे छ । प्राप्त भएका सुझाव एकीकृत गरेर प्रतिवेदन तयार गर्ने हो ।”

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्दै छ ।

माओवादी पदाधिकारी बैठक हिजो शनिबार पनि बालुवाटारमा बसेको थियो ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?