Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित


लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । निर्वाचनमा तीन सय पाँच मतदातामध्ये तीन सय चार मत खसेको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको सिटमा उपनिर्वाचन भएको हो ।

रुपन्देहीको मर्मवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह भारतमा रहेकाले मतदानमा सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ दुई सय १८ मध्ये दुई सय १७ मत खसेको थियो ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?