Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असोज २ गते बस्ने


११ ,श्रावण ,काठमाडौँ । बैठकले केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी असोज २ गते बस्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संविधान जारी भएका केही वर्ष नबित्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने र संविधानको मर्म र भावना संरक्षण गर्नुको साटो कानूनी राज्य, विधिको शासन, पारदर्शिता र जवाफदेहिता जस्ता लोकतन्त्रका मूलभूत आधारमा नै प्रहार हुन थालेको ठहर गर्दै कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

कांग्रेस बैठकले विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको वर्तमान सत्तागठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थिरता कायम गर्नु सबैको दायित्व हुने जनाएको छ । साथै कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र सबै तहका जनप्रतिनिधिलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने सङ्कल्प गरेको छ ।

“कांग्रेसको जगमा उभिएको यो सरकारले थालेका नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारविरुद्धका कदममा हाम्रो पार्टीको साथ समर्थन रहेको विदितै छ । ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’ भन्ने हाम्रो पार्टीको नीति रहेको छ”, बैठकका निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरी गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई बेरोजगार रहेका व्यक्ति परिवारका बारेमा सूक्ष्म अध्ययन गरी उनीहरूको जीविकोपार्जन गर्ने उचित बन्दोबस्त मिलाउन सरकारसँग माग गरेको छ । यसैगरी हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब एक सय किलो सुनका सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन बैठकले सरकारसँग माग गरेको छ ।

समयमै सर्वसुलभरूपमा मल बीउ प्राप्त गर्नसक्ने प्रबन्ध मिलाउन, पशुमा फैलिएको लम्पी स्किन रोग निवारणको तत्काल उपाय खोज्न र पीडित किसानलाई उचित क्षतिपूर्ति समयमै उपलब्ध गराउन बैठक माग गरेको छ । यस वर्ष भएको न्यून वर्षाका कारण पूर्वानुमान गरेर बेलैमा उचित रणनीतिक सावधानी अपनाउन र आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न, सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरूको समस्यालाई मध्यनजर गर्दै आवश्यक निर्णय गरी पीडितलाई न्याय दिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेसले नागरिकतासम्बन्धी नियमावली यथाशीघ्र बनाई संविधान र कानूनबमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?