Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ । यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । कारोबार भएका कूल दुई सय १५ कम्पनीको शेयर मूल्यमा बृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर रू तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ । कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रू १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावर रू ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी रू नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी रू छ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ । यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र पाँच दशमलव ९०, एभेष्ट बैंकको ऋणपत्र एक दशमलव ९५,एनआइबिएल प्रगति फण्ड एक दशमलव ६९, नेपाल एसबिआई बैंकको ऋणपत्र एक दशमलव ५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य एक दशमलव २९ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?