Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बजेट निर्माण प्रक्रियाको सिसीटिभी संसदीय समितिले हेर्ने प्रस्ताव


काठमाडौं : सांसदहरुले बजेट निर्माण प्रक्रियाको सिसीटिभी संसदीय समितिले हेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सोमबार सांसदहरुले राजस्वले व्यय गर्न नपुग्ने, सार्वजनिक ऋण तथा व्यापार घाटा बढ्दै जाने, मन्त्रीले योजना मनपरी बाँड्ने, सांसदलाई मन्त्रालयमा बोलाउने प्रवृत्ति अन्त्य गर्न बजेट निर्माण प्रक्रियाको सम्पूर्ण सिसीटिभी फुटेज कुनै समितिले हेर्नेगरी तोक्न प्रस्ताव गरेका हुन् ।

बजेट निर्माण प्रक्रिया अपारदर्शी हुँदा व्यापार घाटा र सार्वजनिक ऋणदेखि महंगीसम्म बढेको र हरेक सरकारले अघिल्लो सरकारले नै गरेको भनेर पन्छिने गरेको भन्दै मस्यौदा समिति सदस्य प्रेम सुवालले प्रतिनिधिसभा नियमावलीमै सिसीटिभी फुटेज हेर्नुपर्ने बताए । ‘संसद सदस्य संसदमा बोल्ने हो नि । मन्त्रीले संसदमै टिपोट गर्ने हो । अहिले सांसदले टिपेर मन्त्रीलाई दिने र मन्त्रीले पारिदिने अवस्था छ । यसरी गर्ने होइन । सिसीटिभी राखौं । कुन कुन विचौलिया, सांसद मन्त्रीकहाँ गयो त्यो सबै बाहिर आउँछ,’ उनले भने ।

अघिल्लो बजेटमा विचौलिया प्रवेश हुँदा फुटेज नै डिलिट गरिएको प्रसंग उल्लेख गर्दै सुवालले बजेट तयार भइसकेपछि समितिले सिसिटिभी हेर्नुपर्ने गरी यो कुरा नियमावलीमै लेख्नुपर्ने माग गरे ।
देशभर समान वितरणको निर्देशन दिनुपर्ने सभामुखले समेत आफ्नो जिल्लामा यति बजेट हालिदिनु पर्यो भनेर मन्त्रीलाई भन्ने गरेको भन्दै सुवालले सिसिटिभी हेर्ने र मन्त्रीले संसदमै टिपोट गरेर बजेट वितरणको व्यवस्था गर्न माग गरे । ‘सबै चिज मन्त्रीको तजबिजमा दिने हो भने संसद केही नलाग्ने भयो,’ उनले भने ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले करका दरबाहेक विकास बजेटबारे अरु विधेयकजस्तै मन्त्रीले पेश गरेपछि सांसदहरुले अध्ययन गरेर छलफल गर्ने र त्यसपछि अर्थमन्त्रीले सदनमा पढेर सुनाएपछि छलफल थाल्ने प्रस्ताव गरे । सिसीटिभी हेर्ने प्रस्तावमा मंगलबार पनि छलफल हुनेछ ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?