Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा राई


७ ,श्रावण ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानून व्यवसायीहरूको छाता सङ्गठन सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित भएका छन् ।

विक्रम कार्की प्रमुख निर्वाचन अधिकृत, नगेन्द्रकुमार कार्की निर्वाचन अधिकृत र लक्ष्मी सापकोटा निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

काठमाडौँमा सम्पन्न सङ्घको दुई दिने प्रथम राष्ट्रिय सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षहरूमा आशा राई, रुद्रप्रसाद राई, दीपनारायण यादव, किरणकुमारी शाह, चित्रबहादुर केसी, महेशनारायण दास र भगवती सुवेदी चयन भएका छन् ।

महासचिवमा सञ्जयकुमार शाह, सचिवमा प्रिती रमण र कोषाध्यक्षमा ओमनारायण श्रेष्ठ चुनिएका छन् । त्यसैगरी सङ्घको सदस्यमा अशोक राई, रामचन्द्र महतो, उमाशङ्कर देव, सावित्रीकुमारी खतिवडा, जहरसिंह राई, चन्द्रादेवी थापा, सौजन थापामगर, सङ्गीता राई, आदर्शकुमार सहनी र अस्मिता थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राईका अनुसार सम्मेलनले समानुपातिक समावेशी न्यायालय हुनुपर्ने, कार्यपालिका र व्यवस्थापिका जस्तै अधिकार सम्पन्न सङ्घीय संरचनाको व्यवस्था हुनुपर्नेलगायत विषय पारित गरेको छ ।

सम्मेलनले कानून व्यवसायीहरूद्वारा नै यस व्यवसायलाई सम्मानित, व्यावसायिक र मर्यादित बनाउन पहल गर्नुपर्ने र नवोदित कानून व्यवसायीलाई व्यावसायिक सफलताका लागि अग्रज कानून व्यवसायीद्वारा निरन्तर सहयोग पुर्याउनुपर्ने विषय पारित गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?