Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा राई


७ ,श्रावण ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानून व्यवसायीहरूको छाता सङ्गठन सङ्घीय कानून व्यवसायी सङ्घको अध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित भएका छन् ।

विक्रम कार्की प्रमुख निर्वाचन अधिकृत, नगेन्द्रकुमार कार्की निर्वाचन अधिकृत र लक्ष्मी सापकोटा निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

काठमाडौँमा सम्पन्न सङ्घको दुई दिने प्रथम राष्ट्रिय सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षहरूमा आशा राई, रुद्रप्रसाद राई, दीपनारायण यादव, किरणकुमारी शाह, चित्रबहादुर केसी, महेशनारायण दास र भगवती सुवेदी चयन भएका छन् ।

महासचिवमा सञ्जयकुमार शाह, सचिवमा प्रिती रमण र कोषाध्यक्षमा ओमनारायण श्रेष्ठ चुनिएका छन् । त्यसैगरी सङ्घको सदस्यमा अशोक राई, रामचन्द्र महतो, उमाशङ्कर देव, सावित्रीकुमारी खतिवडा, जहरसिंह राई, चन्द्रादेवी थापा, सौजन थापामगर, सङ्गीता राई, आदर्शकुमार सहनी र अस्मिता थापा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राईका अनुसार सम्मेलनले समानुपातिक समावेशी न्यायालय हुनुपर्ने, कार्यपालिका र व्यवस्थापिका जस्तै अधिकार सम्पन्न सङ्घीय संरचनाको व्यवस्था हुनुपर्नेलगायत विषय पारित गरेको छ ।

सम्मेलनले कानून व्यवसायीहरूद्वारा नै यस व्यवसायलाई सम्मानित, व्यावसायिक र मर्यादित बनाउन पहल गर्नुपर्ने र नवोदित कानून व्यवसायीलाई व्यावसायिक सफलताका लागि अग्रज कानून व्यवसायीद्वारा निरन्तर सहयोग पुर्याउनुपर्ने विषय पारित गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?