Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

जसपाले निर्वाचन आयोगमा बुझायो विधान


७ ,श्रावण ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ ।

प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

विधानमा गैरभौगोलिक विशेष प्रदेश समितिको संरचना हटाई केन्द्रीय सम्पर्क समिति बनाइएको र उमेर हद उल्लेख नगरिएको उनको भनाइ छ । एक सय ५१ सदस्यीय रहने केन्द्रीय समितिमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ ।

पदाधिकारी तथा सदस्य निर्वाचनमा तीन जना निर्वाचित हुने पदमा एक महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी खस आर्य, आदिवासी, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातिय सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।

यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?