Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल


६ ,श्रावण ,काठमाडौँ । अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ ।

अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा सो उक्त अस्पताल स्थापना गर्न लागिएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

आगामी डेढ वर्षमा सो अस्पताल स्थापना हुनेछ । क्रेनियोफेसियल सर्जन प्रा डा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा सञ्चालन हुने यस अस्पतालमार्फत मानिसको अनुहारमा हुने खुँडोपन, चोटपटक या दुर्घटनाबाट अनुहार कुच्चिएको या बिग्रिएको र अन्य समस्याको पनि उपचार हुनेछ ।

सो अस्पतालको स्थापना नहुँदासम्म एकद्वार उपचार केन्द्रका रूपमा वसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालबाट सो सेवाको सुरुआत गरिएको छ । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सञ्चालनमा ल्याएको छ ।

नेपालका विपन्न नागरिकलाई निःशुल्करूपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलोपटक उक्त अस्पताल स्थापना हुन लागेको क्रेनियोफेसियल सर्जन डा सिंहले जानकारी दिए । सो कार्यक्रममा डा सिंहले नेपालमा हरेक आठ सयमध्ये एक जनामा खुँडोपन तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको जानकारी गराए ।

डा सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष पाँच सय जनालाई निःशुल्क सेवा दिने र अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार पाँच सय जनालाई निःशुल्क सेवा दिने लिक्ष्य लिइएको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?