Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

अफगानिस्तानलाई छयत्तर लाख युरो सहयोग


५ ,श्रावण ,काबुल । खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ ।

देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला सशक्तीकरणमा खर्च हुने गरी उक्त सहायता प्रदान गरिएको खामा प्रेसले जनाएको छ ।

बदख्सान, डिकुन्डी, घोर, जज्जान, समङ्गन र तखारलगायत देशका छ वटा प्रान्तमा लागू सहायता कार्यक्रम ग्रामीण अफगानीहरूको खाद्य असुरक्षा सम्बोधनमा केन्द्रित हुने तथा त्यसले महिला, युवा र अपाङ्गता भएका परिवारलाई विशेष रूपमा सघाउने बताइएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?