Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

शनिबार काठमाडाैँ र ललितपुरका यी स्थानहरूमा ८ घण्टा बत्ती जाने


५ श्रावण, काठमाडाैँ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा वितरण प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान ८ः३० देखि अपराह्न ४ः३० बजेसम्म विद्युत प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बागमती फिडरअन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ । त्यस्तै, पुल्चोक फिडरअन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुङ्गा क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।

मती फिडरअन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू र कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती लगायतका क्षेत्रमा विद्युत प्रभावित हुने छ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी समेत गराएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?