Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

शनिबार काठमाडाैँ र ललितपुरका यी स्थानहरूमा ८ घण्टा बत्ती जाने


५ श्रावण, काठमाडाैँ । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि (शनिबार) आठ घण्टा वितरण प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान ८ः३० देखि अपराह्न ४ः३० बजेसम्म विद्युत प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार बागमती फिडरअन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ । त्यस्तै, पुल्चोक फिडरअन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुङ्गा क्षेत्रमा विद्युत प्रभावित हुनेछ ।

मती फिडरअन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू र कीर्तिपुर फिडरअन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती लगायतका क्षेत्रमा विद्युत प्रभावित हुने छ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी समेत गराएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?