चितवन : बारिमा उत्पादन भएको तरकारी नविके पछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन् ।
उनीहरुले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसीमी लगायतका तरकारी बिक्रि नभएपछि विरोध स्वरुप पोखेका हुन् ।
किसान संघर्ष समितिका संयोजक लेखनाथ भुषालका अनुसार चितवन सहित देशै भरी नेपाली तरकारी नविक्दा भारतबाट भने सहज रुपमा तरकारी नेपाल भित्रिँदा विरोधमा उत्रन बाध्य भएको बताए ।
प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार