Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै


भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही–५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदै छ । भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताउनुभयो । लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको बताउनुभयो । “भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो । भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुन्छ, भाषा संस्कार र संकृतिसँग जोडिएको बताउनुभयो ।

कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्य सामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा जोड दिनुभयो । कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताउनुभयो । उहाँले नेपालमा एक सय २३ भाषा बोलिन्छ, त्यसमध्ये कुुसुन्डा भाषा पनि एक रहेको बताउनुभयो । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने बताउनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार गरेको बताउनुभयो । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने बताउनुभयो । कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गर्नुभयो । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको बताउनुभयो । उहाँले पहिलो चरणमा औपचारिकरूपमा बोल्न सिकाइएको, दास्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताउनुभयो । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उहाँले बताउनुभयो ।

नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताउनुभयो । दाङमा एक जनामात्रै वक्ता रहेको र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको बताउनुभयो । उहाँले कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसङ्ख्या रहेको बताउनुभयो । कुसुन्डा भाषाका एकमात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको मृत्युपछि आफू एक्लै भएको बताउनुभयो । आफूसँगै भाषा पनि मर्ने थियो भाषा आयोगले संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?