Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कालीकोटमा नेपाली कागज उद्योग


१६ असार ,मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका-५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ ।

स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

“रु दुई लाख ४० हजारमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो”, उनले भने, “गाउँपालिकाले तीन वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ ।”

गाउँमै उत्पादन हुने कच्चा पदार्थ सेतोवढु सदुपयोग हुने र गाउँमै रोजगारी पाउने आएको स्थानीय राजबहादुर सहकारीले बताए । “गाउमै केही गरौँ भन्ने युवाहरू मिलेर कागज उद्योगको स्थापना गरेका छौँ”, उनले भने, “यसले स्थानीयलाई रोजगारी दिन सहयोग पुगेको छ ।”

गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिए ।

“नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएका छौँ”, उनले भनेयो, “कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ ।” उद्योगमा चार जना स्थानीयले रोजगारी पाएका छन् ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?