Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

जिप दुर्घटनामा बाजुराका टेलिकम प्रमुख सहित ३ को मृत्यु ,दुई घाइते


काठमाडौं । नेपाल टेलिकम बाजुरा कार्यालयको जिप बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको भने घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?