Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

बागमती प्रदेशसभा बैठक : पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक


१२ असार ,मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाको नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।

ती समितिको अध्यक्षमा सम्बन्धित समितिका सदस्यबाट निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा बैठक अपराह्न १ बजेको लागि बोलाइएको भए पनि बजेटको विषयमा छलफल गर्ने क्रममा सर्वदलीय बैठक बस्दा करिब ३ बजेर १८ मिनेटको समयमा मात्रै सञ्चालन भएको थियो । प्रदेशसभाको दोस्रो बैठकको लागि सभामुख भुवनकुमार पाठकले आधा घण्टाको लागि स्थगित गरे ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?