Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

बागमती प्रदेशसभा बैठक : पाँच वटा समितिका सदस्यको नाम सार्वजनिक


१२ असार ,मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाको नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।

ती समितिको अध्यक्षमा सम्बन्धित समितिका सदस्यबाट निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा बैठक अपराह्न १ बजेको लागि बोलाइएको भए पनि बजेटको विषयमा छलफल गर्ने क्रममा सर्वदलीय बैठक बस्दा करिब ३ बजेर १८ मिनेटको समयमा मात्रै सञ्चालन भएको थियो । प्रदेशसभाको दोस्रो बैठकको लागि सभामुख भुवनकुमार पाठकले आधा घण्टाको लागि स्थगित गरे ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?