Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


१० असार, चितवन । पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् ।

बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक  आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?