Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

जलहरीको ताैल नाप्न अख्तियारको टोली पशुपति जाँदै, पशुपतिनाथ मन्दिर परिसर खाली गरियो


१० असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिर परिसरमा राखिएको जलहरीको अनुगमन गर्ने भएको छ ।

अख्तियारको टोली जाने भएपछि पशुपतिनाथ मन्दिर परिसरबाट सबै भक्तजनलाई निकालेर सबै ढोकामा ताला लगाइएको छ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरीमा छानबिन गर्न अख्तियारका अधिकारीहरु जाने भएका हुन् । उक्त टोलीले जलहरीको ताैल समेत लिने बताइएको  छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा घोटला भएको भन्दै अहिले विभिन्न सवाल उठिरहेका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो । तर, महालेखा परीक्षकको रिपोर्टले जलहरीमा सबै सुन प्रयोग नभएको उल्लेख गरेको थियो ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?