Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

जलहरीको ताैल नाप्न अख्तियारको टोली पशुपति जाँदै, पशुपतिनाथ मन्दिर परिसर खाली गरियो


१० असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिर परिसरमा राखिएको जलहरीको अनुगमन गर्ने भएको छ ।

अख्तियारको टोली जाने भएपछि पशुपतिनाथ मन्दिर परिसरबाट सबै भक्तजनलाई निकालेर सबै ढोकामा ताला लगाइएको छ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको उजुरीमा छानबिन गर्न अख्तियारका अधिकारीहरु जाने भएका हुन् । उक्त टोलीले जलहरीको ताैल समेत लिने बताइएको  छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा घोटला भएको भन्दै अहिले विभिन्न सवाल उठिरहेका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो । तर, महालेखा परीक्षकको रिपोर्टले जलहरीमा सबै सुन प्रयोग नभएको उल्लेख गरेको थियो ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?