Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक


१० असार ,गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।

आर्थिक दूरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिकसत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।

विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग वाणिज्य सङ्घका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापालगायतले शनिबार आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य थापाले विद्यार्थीलाई विद्यालय नछाड्न आग्रह गर्दै आवश्यकतानुसार सघाउने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले घरेलु कामदारका रूपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे ।

महासचिव बलराम आचार्य, बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना अधिकृत प्रिती पाण्डे, सुफल घिमिरेलगायतले पढ्न पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको र समाजमा कोही पनि यसबाट बञ्चित हुन नहुनेमा जोड दिए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?