Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक


१० असार ,गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।

आर्थिक दूरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिकसत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।

विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग वाणिज्य सङ्घका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापालगायतले शनिबार आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य थापाले विद्यार्थीलाई विद्यालय नछाड्न आग्रह गर्दै आवश्यकतानुसार सघाउने विश्वास व्यक्त गरे । पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले घरेलु कामदारका रूपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे ।

महासचिव बलराम आचार्य, बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना अधिकृत प्रिती पाण्डे, सुफल घिमिरेलगायतले पढ्न पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको र समाजमा कोही पनि यसबाट बञ्चित हुन नहुनेमा जोड दिए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?