Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नागरिक र नागरिकता एउटै बिषय होइनन,रवि नेपाली नागरिक नै हुन


-शेष पौडेल

नागरिक र नागरिकता एउटै बिषय होइनन । नागरिकताको प्रमाणपत्र नलिएको ब्यक्तिपनि निस्चित कानूनी मापदण्डको आधारमा त्यो देशको नागरिक नै ठहर्छ ।

नेपालको सम्बिधानको धारा ११ मा “यो सम्बिधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिहरु नेपालको नागरिक हुनेछन” भन्ने उल्लेख छ भने सोही भागको (ख) मा “कुनै ब्यक्तिको जन्म हुदाका बखत निजको बाबू वा आमा दुबै नेपालको नागरिक रहेछन भने निज बालिग भएपछि बम्शजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ” भनिएको छ । यसर्थ, रबि लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेको, उनी नेपाली बम्सज बाबु-आमाका सन्तान भएको तथा नेपाली नागरिकता प्राप्त गर्न सबै प्रकारले योग्य भएको समेत कारणबाट संबिधानको धारा ११ बमोजिम उनी नेपाली नागरिक नै हुन, अनागरिक वा बिदेशी होइनन ।

अहिले पनि केही नेपाली नागरिकहरूले ९०-९५ बर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका समाचार आएकै छन, उनीहरू र उनका सन्तानहरु त्यसअघि अनागरिक वा बिदेशी अबश्य थिएनन, नेपाली नागरिक नै थिए भनेर बुझ्नु पर्दछ

सम्मानित सर्बोच्च अदालतको फैसलामा समेत रबि लामिछानेले “नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा नगरेकोले” पुरानो नागरिकताको आधारमा भए गरेका राजनैतिक कामकारबाहीलाई अमान्य घोषित सम्म गरेको हो, उनी अनागरिक वा बिदेशी नागरिक भन्ने बिषय कही कतै उल्लेख छैन र होइन पनि । अदालतले कानूनको रोहमा फैसला गर्ने हो, फैसलालाई अन्यथा भन्नू मिलेन ।

प्रक्रियागत रुपमा विष्लेषण गर्दा अमेरिकाको नागरिकता त्याग गरिसकेपछि नेपालको नागरिकता पुन: प्राप्तिकोलागी तुरुन्त प्रकृया अगाडि बढाउनु पर्नेमा सो नगरेको तथा पुरानै नागरिकतालाई चलनचल्तीमा ल्याएको दुबै कार्य कानून सम्मत होइनन र कानूनी प्रक्रियालाई यसरी नजरअन्दाज गर्नु उहाजस्तो ब्यक्तिलाइ सुहाउने बिषय पनि होइन ।

तसर्थ, सम्मानित सर्बोच्च अदालतको फैसलालाई सम्मान गर्दै ब्यक्तिगत र सामाजिक जिवनका विभिन्न मोडमा आउन सक्ने यस्ता आरोह-अवरोह तथा गल्ती-कमजोरीबाट शिक्षा लिदै आगाडी बढ्नु नै उत्तम होला ।

– नेपाल सरकारका सहसचिव पौडेलको सामाजिक सञ्जालमा व्यक्त विचार


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?