Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं


काठमाडौँ। नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रश्ताव गर्नुभएको छ ।

सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका छन् । उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताएका छन् ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनकाअनुसार यसले नोटको महत्व बढाउनेछ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?