Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरुमा भइरहेको ढिलासुस्ति भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् ।

आईतवार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्टो टिप्पणी गरेका हुन् । भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भएपनि विकास निर्माणमा ढिलाई हुँदा आयोजनाको शतप्रतिशत मुल्य बढ्ने गरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ति नियन्त्रणमा गम्भिर रहेको बताए । उनले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताएका हुन् ।  विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत उनको दाबी छ ।

उनले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ति हो । भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला । तर ढिलासुस्ति गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यसकारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ति नियन्त्रणमा पनि सरकारको कडाईका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाँही बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुदैन । त्यस कुरामा सरकारको ध्यान गएको छ ।’

उनले मधेश प्रदेश निर्माणाधिन क्रिकेट रङ्गशालाहरु सम्पन्न गर्नको लागि समेत सरकारले योजना बनाइरहेको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?