Trending
>>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न


काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ ।

राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमवार जावलाखेलस्थित शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो । सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताए । उनले राजनीतिक अस्थिरता र धु्रवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता समेत बढ्दै गएको बताए । उनले समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रिकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको समेत बताए ।

उनले भने, ‘नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकवद्ध हुन आग्रह गर्दछ । आज एकातिर राजनीति अस्थिरता र ध्रुवीकरण बढिरहेको छ र अर्कोतर्फ शान्ति र अमनचैन खल्बलिएको अवस्था छ । यस्तो अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता झन् बढ्दै गएको छ । वीरेन्द्र शान्ति सँगसँगै विकासप्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन् । आजको विश्वका विभिन्न देशहरूबिच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ ।’

उनले दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै हुनु विडम्वना भएको बताए । उनले हत्यारा पत्ता लगाई सत्यतथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन समेत सरकारसँग माग गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?