Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्छः कानूनमन्त्री चौरसिया


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरूबाट हुने अनुशासनहीन कामलाई सरकारले रोक्ने बताएका छन ।

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कानून व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्को पक्षसँग कुनै साँठगाँठ गर्ने वा गोप्य कुरा तथा सूचना अरूलाई प्रवाह गरेमा कारबाही गरिने व्यवस्था विधेयकमा गरिएको बताए । उनले कानून व्यवसायीले अनुशासनहीन काम गरेको पाइए लाइसेन्स निलम्वनसहितका कारबाही गर्ने व्यवस्था विधेयकमा रहेको बताए । मन्त्री चौरसियाले कानून व्यवसायीहरूमाथि पनि हुने अमर्यादित व्यवहारलाई रोक्नेगरी विधेयक बनाइएको जिकिर गरे । यस्तै उनले अधिवक्ताहरूले लिने शुल्कलाई वित्तीय संस्थामार्फत पारदर्शी रूपमा लिने व्यवस्था विधेयकमा गरिएको जानकारी दिए ।

उनले भने , “यसमा अधिवक्ताहरूले लिने शुल्कलाई वित्तीय संस्थामार्फत पारदर्शी रूपमा लिने व्यवस्था गरिएको छ । कानून व्यवसायीबाट हुने अनुशासनहीन कामहरूलाई पनि रोक्ने प्रयास गरिएको छ । कुनै कानून व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्को पक्षसँग कुनै साँठगाँठ गरेर वा कुनै गोप्य कुरा, सूचना अरूलाई प्रवाह गरेमा त्यसको अनुशासनहीनता सम्बन्धमा पनि नियन्त्रण गर्ने प्रयास गरिएको छ । कानुन व्यवसायीले त्यस्तो गरेमा उसको लाइसेन्स निलम्वन गर्ने, कारबाही गर्ने व्यवस्था गरिएको छ र कानून व्यवसायीहरूमाथि पनि हुने अमर्यादित व्यवहारलाई पनि कारबाही गर्ने व्यवस्था गरिएको छ ।”

उनले विधेयकमा वरिष्ठ अधिवक्ता हुन पुरानै व्यवस्थालाई निरन्तरता दिइएको बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?