Trending
>>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

विधि पुर्याउने नाममा बैंकले दुख दिएः सभापति चालिसे


काठमाडौँ। अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताए ।

सोमवारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले यस्तो बताए । उनले तरलता ठूलो मात्रमा रहेको बताउँदै विधि पुर्याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताएका छन् । आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने बताए ।

उनले भने ‘साना उद्योगीहरुलाई ऋण दिनेबारे प्राथमकितामा राख्नुपर्छ । दूरदराजका मान्छेलाई काम गर्न खोज्नेलाई मात्रै घरजग्गाको मूल्यांकनका आधारमा होइन क्षमता र प्राकृतिक हिसावले दिनुपर्छ ।’

उनका अनुसार अरुदेशमा प्रमाणपत्रका आधारमा लोन दिइन्छ । नेपालमा समेत त्यसबारे अब सोचिनुपर्छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?