Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभयो ।

यसअघि उहाँले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको थियो । “आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो”, मुख्यमन्त्री यादवले रासससँग भन्नुभयो, “प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो । अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।” बिहीबार विभागीय जिम्मेवारी पाउनुभएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्नुभएको छ ।

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?