Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा समस्या


मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभयो ।

यसअघि उहाँले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको थियो । “आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो”, मुख्यमन्त्री यादवले रासससँग भन्नुभयो, “प्रदेश प्रमुख र मेरो समय व्यवस्थापनका कारण ढिला हुन गयो । अब आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।” बिहीबार विभागीय जिम्मेवारी पाउनुभएका मधेस प्रदेश सरकारका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्नुभएको छ ।

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजयकुमार यादवले आज अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?