Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

हुम्लाका विद्यार्थीको सहयोगार्थ पोखरामा साङ्गीतिक कार्यक्रम


हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले पोखरामा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

यही जेठ २६ गते सभागृहमा साँझ ६ बजे परोपकारी साङ्गीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।

हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कूलका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी दिए । उनी पोखराका व्यवसायी पनि हुन् ।

पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा कृष्ण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दासलगायत २४ जना युवाहरू भोलियन्टर रुपमा काम गर्दै आएका छन् ।

शुक्रवार हुने साङ्गीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापालगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

‘प्रेरणा, हौसला र सहयोग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरीको विश्वास छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

शैक्षिक सामग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको पौडेलको भनाइ छ ।

एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समयदेखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ ।

संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ । यस्तै केही समय अगाडि पूर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामग्री वितरण गरेको थियो ।

शैक्षिक सामग्री उपलब्ध भएसँगै उक्त ठाउँका बालबालिकाहरूको पढ्ने मनोभावनामा फेरबदल आएको ठकुरीले बताए ।

शुक्रवार हुने साङ्गीतिक कार्यक्रममार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामग्री लिएर टोली आगामी असारको अन्तिममा हुम्ला प्रस्थान गर्नेछ ।

 


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?