Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

हुम्लाका विद्यार्थीको सहयोगार्थ पोखरामा साङ्गीतिक कार्यक्रम


हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यले पोखरामा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

यही जेठ २६ गते सभागृहमा साँझ ६ बजे परोपकारी साङ्गीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।

हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कूलका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी दिए । उनी पोखराका व्यवसायी पनि हुन् ।

पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा कृष्ण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दासलगायत २४ जना युवाहरू भोलियन्टर रुपमा काम गर्दै आएका छन् ।

शुक्रवार हुने साङ्गीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापालगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

‘प्रेरणा, हौसला र सहयोग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरीको विश्वास छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

शैक्षिक सामग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको पौडेलको भनाइ छ ।

एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समयदेखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ ।

संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ । यस्तै केही समय अगाडि पूर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामग्री वितरण गरेको थियो ।

शैक्षिक सामग्री उपलब्ध भएसँगै उक्त ठाउँका बालबालिकाहरूको पढ्ने मनोभावनामा फेरबदल आएको ठकुरीले बताए ।

शुक्रवार हुने साङ्गीतिक कार्यक्रममार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामग्री लिएर टोली आगामी असारको अन्तिममा हुम्ला प्रस्थान गर्नेछ ।

 


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?