Trending
>>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि


कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।

सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?