Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि


कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।

सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०/१० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?