Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी


१० जेष्ठ ,मध्यविन्दु । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् ।

यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी(बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ । जिल्लाको पहाडी भेग दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

हुप्सेकोट गाउँपालिका–४ रुम्सी, चारघरे र रिताहामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । वर्षौँदेखि टुकीे र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।

“गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो, अब भने उक्त समस्या हटेको छ, अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको छ”, स्थानीय मनमाया कानुङ मगरले भने ।

यस्तै अर्का स्थानीय जीवबहादुर सिंजाली मगर भन्छन्, “गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि त घरमा धन सम्पत्ति आएजस्तै भएको छ । सबै गाउँलेको मुहार उज्यालो भएको छ । जिल्लाको पहाडी भेग विकट त्यहीमाथि बल्ल बिजुली बल्यो धेरै खुसी लागेको छ ।”

बिजुली पुग्दा यहाँका जनाताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्र्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।

हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ । विद्यालयका प्रशासनिक कामकाजदेखि कम्प्युटर कक्षा सहजता भएको प्रधानाध्यापक बमबहादुर सारु मगरले बताए । “गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ”, प्रधानाध्यापक सारुले भने ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?