Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी


१० जेष्ठ ,मध्यविन्दु । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ । सुनसान र एकान्त । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् ।

यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी(बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ । जिल्लाको पहाडी भेग दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

हुप्सेकोट गाउँपालिका–४ रुम्सी, चारघरे र रिताहामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । वर्षौँदेखि टुकीे र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।

“गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो, अब भने उक्त समस्या हटेको छ, अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको छ”, स्थानीय मनमाया कानुङ मगरले भने ।

यस्तै अर्का स्थानीय जीवबहादुर सिंजाली मगर भन्छन्, “गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि त घरमा धन सम्पत्ति आएजस्तै भएको छ । सबै गाउँलेको मुहार उज्यालो भएको छ । जिल्लाको पहाडी भेग विकट त्यहीमाथि बल्ल बिजुली बल्यो धेरै खुसी लागेको छ ।”

बिजुली पुग्दा यहाँका जनाताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्र्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।

हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ । विद्यालयका प्रशासनिक कामकाजदेखि कम्प्युटर कक्षा सहजता भएको प्रधानाध्यापक बमबहादुर सारु मगरले बताए । “गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ”, प्रधानाध्यापक सारुले भने ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?