Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

मनसुनजन्य दुर्घटना न्यूनिकरणमा ध्यान दिन सांसदको आग्रह


९ जेठ, काठमाडाैँ । यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, “मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने भएकाले धेरै जनता त्रसित छन् । यसबाट धनजनको ठूलो क्षति हुने भएकाले यसतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ । घटना घटेपछि भन्दा पनि घटना हुनै नदिनेतर्फ सरकारले ध्यान देओस् ।”

सांसद गङ्गाकुमारी बेल्बासेले पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाद्य वस्तुको मूल्य नघटेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरिन् ।

सांसद तारामान स्वाँरले बैतडीको पुर्चौडी र सिगास गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका भन्दै त्यसक्षेत्रमा उपयुक्त स्थानमा टेलिफोन टावर निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मायाप्रसाद शर्माले कर्णालीको जाजरकोटलगायतका धेरै ठाउँमा गाईगोरु र बाख्रामा नयाँ खालका रोग लागेकाले सो रोग नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताए.इन् ।

सांसद बिमला घिमिरेले एक सातादेखि उखुको भुक्तानी माग गर्दै माइतीघरमा धर्नामा बसेका कपिलवस्तुका किसानका समस्या तत्काल सम्बोधन गर्न माग गरिन् ।

सांसद शारदादेवी भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन माग गरिन् । उनले अन्य भ्रष्टाचारसम्बन्धी घटनाको पनि अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुमित्रा विसीले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरिन् ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?