Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभाद्वारा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन


५ जेष्ठ ,काठमाडौँ । राष्ट्रियसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा राष्ट्रपतिबाट आज भएको सम्बोधनका लागि सांसद गोपीबहादुर सार्की अछामीले धन्यावादको प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।

बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ९ गतेसम्म छलफल हुने र ९ गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको व्यहोरा सदनलाई जानकारी गराए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?