Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति गर्ने


५ जेष्ठ ,काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्यसमेत अघि बढाइने बताए ।

हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख गर्दै उनले वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिन उल्लेख गरे ।

यसैगरी उहाँले एक वडा, एक खेल मैदान, एक पालिका, एक कभर्डहलको निर्माण गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्ने बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने बताए ।

उनले खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने र खेलकुद पर्यटनको विकास र विस्तारमा जोड दिइने बताए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?