Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

नीति कार्यक्रम कर्मकाण्डी : प्रमुख प्रतिपक्ष


५ जेष्ठ ,काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिएका हुन् ।

एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए । “कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचारलाई सम्बोधन गर्ने ठोस र प्रभावकारी कुरा छैनन्”, उनले भन्नुने ।

यसै बीच नेताहरूको मिश्रित प्रतिक्रिया पनि आएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति कार्यक्रम कर्णप्रियसहित सबै राम्रा कुरा मात्र समेटिएको प्रतिक्रिया दिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीति कार्यक्रम लामो निबन्ध र दन्त्यकथा जस्तो देखिएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति कार्यक्रम सनातनी खालको भएकाले कार्यान्वयन गर्न र राष्ट्रका समस्या समाधान गर्न नसक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नीति कार्यक्रम राम्रै लागेको बताए । उनले भने, “विगतको जस्तै छ, यस्ता कार्यक्रम पहिला पनि आएका हुन्, कार्यक्रम ल्याउनु ठूलो कुरा होइन, कार्यान्वयन गर्नु प्रमुख कुरा हो ।”

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले नीति कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको बताए । “आर्थिक अवस्थालाई मध्यनजर गरेर विगतको वर्षजस्तो कनिका छरेजस्तो होइन, विकासका लक्ष्यसहित पूर्वाधारमा लगानी गर्नुपर्छ”, उनले भने, “अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन नगरेको बताए । “आर्थिक संकट र राजनीतिक अन्योललाई पार लगाउने गरी नीति कार्यक्रम आएको छैन, विगतका भन्दा फरक छैन”, उनले भने ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले नीति कार्यक्रमले विकास निर्माण, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायत विविध विषयमा प्राथमिकता दिएको बताए ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?