Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन


५ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्नका लागि यही जेठ ७ देखि ११ गतेसम्म तोकेका छन् । छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्ने छ ।

सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने तीन सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?