Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य: उपराष्ट्रपति यादव


२९ वैशाख, काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।

स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए ।

उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे ।

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

“राजनीतिकर्मी एवं समाजिक अगुवासमेत रहनुभएको प्रेमकृष्ण पाठक हामीमाझ हुनुहुन्न, व्यक्ति महत्वपूर्ण पदमा हुन पनि सक्छन्, नहुन पनि सक्छन्, तर विचार मुख्य कुरा हो, तर उहाँले देश सेवामा पु¥याउनुभएको योगदान सदैव चिरस्मरणीय छ”, उनले भने ।

स्व पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उनले बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गरे । उपराष्ट्रपति यादवले भने, “उहाँले नेपाल बार एशोसिएसनको अध्यक्षका रुपमा रहेर देशको सेवा गर्नुभएको थियो, एक कुशल अभिवक्ता भएका कारण उहाँले विभिन्न लेखन कार्यमा समेत उत्तिकै महत्वपूर्ण योगदान दिनुभएको थियो ।”

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले स्व नेता पाठकले कानुन, नेपाली साहित्य र राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरेका थिउ ।

पुस्तकमा स्व पाठकद्वारा लेखिएका र प्रकाशित भएका ६३ वटा लेख, उनिसँग विभिन्न समयमा लिइएको अन्तर्वार्ता समावेश गरिएको छ भने ४३ वटा स्व पाठकका बारेमा विभिन्न व्यक्तिहरुले लेखेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?