Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उहाँले गर्नुभएको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ “वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।” डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताउनुभएको थियो ।

आँखा उपचारमार्फत उहाँले मानव सेवामा गर्नुभएको योगदानको कदर गर्दै बहाइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?