Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दङ्गीशरणका स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एक्स–रे


२८ वैशाख ,दाङ । दाङको दङ्गीशरण गाउँपालिकाले पालिकाका सातवटै स्वास्थ्य संस्थामा आजदेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेको छ । श्रीगाउँ स्वास्थ्यचौकी बागरमा एक कार्यक्रमका बीच भिडियो एक्स–रे सेवाको उद्घाटन गरिएको हो ।

ग्रामीण क्षेत्रका गर्भवतीले आफ्नो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा बच्चा र आमाको स्वास्थ्य अवस्था सुरक्षित राख्न ग्रामीण भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । उनले गिरीले अझै पनि स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका गर्भवतीको गर्भजाँच, शिशु र आमाको स्वास्थ्य अवस्था जाँच्न घर–घरमा पुगी सेवा प्रदान गर्न स्वास्थ्य स्वयंसेविकाहरूलाई निर्देशन दिए ।

आफ्नो चुनावी प्रतिबद्वताअनुरुप महिला र गर्भवतीको सवालमा महत्त्वपूर्ण निर्णय गरेकाले पनि आफू स्वास्थ्यको क्षेत्रमा सधैँ गम्भीर रही अगाडि बढ्ने उनको भनाइ थियो । पालिका उपाध्यक्ष पीमा वली खड्काले दङ्गीशरणका दुर्गम भेगमा पनि भिडियो एक्स–रेसेवा पुग्ने भएपछि आफू धेरै खुसी भएको बताईन् । यस्तै वडा नं ६ का अध्यक्ष रोशनजङ्ग शाहले प्राथमिक स्वास्थ्य केन्द्र बागरबाट स्तरीय स्वास्थ्य सेवाका लागि आफू लागिपरेको बताए ।

बुधबारदेखि दङ्गीशरणभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले आफ्नो बच्चाको अवस्था र आमाको अवस्थाबारे जानकारी लिन पाउने भएपछि स्वास्थ्यमा ठूलो सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । ग्रामीण भिडियो एक्स–रे मेसिनको प्रयोगले आमा र बच्चाको खतराको अवस्थालाई जानकारी दिने र ग्रामीण भेगका गर्भवतीले निःशुल्क सेवा पाउने भएका हुन् ।

बुधबारदेखि शुभारम्भ भएको गर्भवती परीक्षण सेवा दङ्गीशरणका सातवटै वडा तथा टोलमै पुगी समयतालिका बनाई निःशुल्क गर्भवती भिडियो एक्स–रे सेवा शुभारम्भ गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बागरका व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्ष शाहले बताए ।

स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका गर्भवतीका लागि घरमै पुगी निःशुल्क सेवा प्रदान गरिने स्वास्थ्य केन्द्र बागरका डा सुगत अधिकारीले बताए । भिडियो एक्स–रे सेवाको मुख्य उद्देश्य शिशु मृत्युदर र मातृ मृत्युदर घटाई दिगो विकास लक्ष्यमा सहयोग पुर्याउने रहेको अस्पतालले जनाएको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?