Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह


२२ वैशाख ,काठमाडौँ । मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले आफूबारे गतल प्रचार भएको भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गरेका छन् ।

प्रमुख यादवले शक्तिको दुरुपयोग गरी नगरपालिकाका स्थानीय पक्की घर तथा भवनमा डोजर चलाउन आदेश दिएको भनी सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

आज यहाँ पत्रकार सम्मेलन गरी उनले नगरपालिकाको कानुनसम्मत् कदमलाई लिएर गलत समाचार प्रवाह गरिएको जनाएका हुन् । बुधवार स्थानीयले सो नगरपालिकामा पत्रकार सम्मेलन गरी व्यापारी र वडाबासीको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को २५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घर र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएको आरोप लगाएका थिए ।

उनीहरुले प्रमुख यादवले शक्तिको दुरुपयोग गरी गलत कदम चालेको र आफूहरुको उठिबास लगाएको आरोप लगाएका थिए । प्रमुख यादवले राज्यको स्वामित्वमा रहेको जग्गा व्यक्तिले प्रयोग गरेको ठाउँलाई खाली गराउनेबारे कानुनसम्मतरुपमा पहिलेदेखि नै प्रयास भइरहेको प्रस्ट पारे ।

नगरपालिकाका निमत्त प्रमुख प्रशासकिय अधिकृत विजयकुमार महतोले नगरपालिका व्यवस्थापनका लागि आफू अगाडि बढेको उल्लेख गर्दै नगरपालिका कार्यालयमा विषयवस्तु राखेर छलफल गर्नुपर्ने र सो विषयबस्तुप्रति नगरपालिका गम्भिर भएको बताए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?