Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान


१९ वैशाख ,काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ ।

फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाए ।

पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा आवेदन फाराम भरी व्यक्ति स्वयंले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७९ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई दुई वटा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

दुवै पुरस्कार नेकपा (एमाले)का तत्कालीन महासविच एवं जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते प्रदान गरिनेछ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?