Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान


१९ वैशाख ,काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ ।

फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाए ।

पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा आवेदन फाराम भरी व्यक्ति स्वयंले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७९ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई दुई वटा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

दुवै पुरस्कार नेकपा (एमाले)का तत्कालीन महासविच एवं जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते प्रदान गरिनेछ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?