Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष


१८ वैशाख ,काठमाडौँ । एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

गुरुको बाल दोष आजदेखि सकिने भएकाले भोलिदेखि नै विवाह, व्रतबन्धलगायत शुभ साइत दिइएको पनि उनले सुनाए । गुरु अस्तका समयमा कामना राखेर गरिने शुभ कर्म नगर्न समितिले अनुरोध गरेको थियो । गुरु अस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने भएकाले वैशाख १८ गतेसम्म विवाह, व्रतबन्धलगायत कामना राखेर गरिने शुभ कर्मको साइत नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

उक्त अवधिमा इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन गर्न नहुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको थियो । यसैगरी, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ट पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्म अस्तकालमा गर्नु हुदैन भन्ने तथ्य श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र आदि ग्रन्थले बताएका छन् ।

वैशाख १९ गतेदेखि भने यी सबै कर्म गर्न कुनै दोष नरहेको समितिले जनाएको छ । अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरुको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको अध्यक्ष अधिकारीले बताए । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन ।

यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ । वर्जित समयमा देशका विभिन्न धार्मिकस्थलमा सप्ताह, नवाह र ठूलाठूला यज्ञहरू भइरहेको भनी समितिले चैत अन्तिम साता विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको थियो । गुरु अस्तका बेला पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा ठूला धार्मिक कर्म गरिएको थियो ।

शास्त्रको मर्म विपरीतका यस्ता काममा जनसहभागिता भने न्यून देखिन्थ्यो । शास्त्रले निषेध गरेका समयमा व्यापारिक उद्देश्यले यस्ता कर्म गरिएकाले यसमाथि प्रतिबन्ध लगाउन जनस्तरबाट पनि माग भएको थियो ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?