Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव


१७ वैशाख, काठमाडाैँ । देशकै सबैभन्दा ठुलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई यति बेला चुनाव लागेको छ।

आधिकारिक ट्रेड युनियन चयनका लागि हुन लागेको निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियन नेतृत्व लिनका लागि प्रचारप्रसारमा केन्द्रित छन्।

यही वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवा प्राधिकरणको देशभर रहेका कार्यालय पुगी मत माग्न लागिपरेका छन्। प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो।

प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका आठ हजार पाँच सय बढी कर्मचारीले मतदान गर्नेछन्। जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ। शतप्रतिशत नेपाल सरकारको स्वामित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो मात्रै पु¥याएको छैन, देशको समृद्धिमा योगदानसमेत गर्दै आएको छ।

राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पु¥याउने उद्देश्यका साथ आफूहरु निर्वाचनमा होमिएको बताए।

आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो। त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो। प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारणपछि सरेको थियो। निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था छ।

राष्ट्रिय कर्मचारी युनियनले आधिकारिता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा बृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?